भारतबाट पेट्रोलमा साढे ६ रुपैयाँ र डिजेलमा एक रुपैयाँ मूल्य बढेर आयो, नेपालमा के हाेला ?

काठमाडौँ – भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ। भारतीय आयल निगम (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा साढे ६ रुपैयाँ र डिजल लिटरमा एक रुपैयाँ बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे अनुसार स्थानीय बजारमा मूल्य समायोजन नभएपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा दुई हप्ता अगाडि मात्रै पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा १० रुपैयाँ मूल्य घटाइएको थियो । अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक कम्पनीहरुले उत्पादक कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्य पुनः उकालो चढ्न शुरु गरेको हो ।

निगमका अनुसार पेट्राेलियम पदार्थकाे मुल्य बढेर आउँदा निगमकाे पाक्षिक नाफा ८० कराेडबाट घटेर ६० कराेड रुपैयाँमा सिमित हुनेछ । निगम स्राेतका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मुल्य बढ्दाे क्रममा रहेकाले यसपटक मुल्य बढ्ने छैन भने आगामी १५ दिनकाे मुल्य अवस्थालाई विश्लेषण गरी थप निर्णय गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्