अर्किड स्कुलले गर्‍यो नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले नयाँ वर्ष २०८०को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार एक अनौपचारिक कार्यक्रमा गरि विद्यालय परिसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो । चियापानमा विद्यार्थी, अभिभावक र शिक्षकहरुको उपस्थिति रहेको थियो । विद्यालयमा उपस्थित अभिभावकहरुलाई विद्यालयका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले शैक्षिक क्यालेन्डर हस्तान्तरण गरेका थिए । उपहारखबरसँग कुराकानी गर्दै अभिभावकहरुले विद्यालयको पढाई प्रति आफुहरु सन्तुष्ट रहेको बताएका थिए । अर्किड स्कुलले अन्य स्कुलहरुको भन्दा अतिरिक्त क्रियाकलापहरु गराउने र पढाईमा समेत अब्बल रहेकाले आफुहरुको रोजाई भएको बताए ।

नयाँ वर्ष २०८०को शुभकामना दिदै विद्यालयका संचालक एवं निर्देशक प्रेमकुकार भुजेलले विद्यालयलाई नयाँ शैक्षिकसत्रदेखि अझै सुदृढ बनाउँदै लैजाने बताए । यस्तै विद्यालयको प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले सम्पुर्ण अभिभावक तथा नेपालीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।

यस्तै विद्यलायका शिक्षक नेरन्द्र पाण्डेले बैशाख ४ गतेबाट नयाँ शैक्षिकसत्र सुरु गर्ने विद्यालयले तयारी गरेको बताए । नयाँ शैक्षिक सत्रमा विगतका गतिविधिहरुलाई अझै परस्कृत र सुदृढ बनाउँदै लैजाने बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्