रामेछापमा जीप दुर्घटना, २ जनाको मृत्यु

रामेछाप – खाँडादेवी गाउँपालिका १ राकाथुमको माझीगाउँमा मङ्गलबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको छ ।

जीप दुर्घटनामा घाइते भएकी दोरम्बा गाउँपालिका २ की सङ्गीता पहरी र त्यही गाउँका अर्का नाम नखुलेका एक पुरुषको उपचारको क्रममा ज्यानगएको छ । सङ्गीताको उपचारको क्रममा धुलिखेल अस्पतालमा र अर्का पुरुषको शिर मेमोरियल अस्पताल बनेपामा ज्यान गएको हो जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (इन्स्पेक्टर) टेकेन्द्र पौडेलले जानकारी दिनुभयो ।

भक्तपुरबाट रामेछापको दोरम्बा गाउँपालिका जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जीप आज बिहान खाँडादेवी गाउँपालिकाको राकाथुमको माझी बस्तीमा दुर्घटना हुँदा जीपमा सवार ३० जना घाइते भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्