इतिहासमै पहिलोपटक नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक जहाज अष्ट्रेलिया उड्दै

काठमाडौँ – नेपाल वायुसेवा निगमकै इतिहासमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक जहाज सिधै अस्ट्रेलिया उड्ने भएको छ । बुधबार निगमको वाइडबडी जहाजले नेपाल–अस्ट्रेलिया सिधा चार्टर्ड उडान भर्नलागेको हो ।

अष्ट्रेलियाले लकडाउनका कारण नेपालमा अलपत्र परेका आफ्ना नागरिक स्वदेश लैजान नेपाल एयरलाइन्स रोजेपछि वाइडबडीले मौका पाएको हो । निर्धारित समयतालिका अनुसार वाइडबडी बुधबार साँझ ५ः३० मा त्रिभुवन विमानस्थलबाट अष्ट्रेलियाको लागि प्रस्थान गर्नेछ । जहाज काठमाडौबाट मलेसियाको क्वालालम्पुर हुदै अष्ट्रेलियाको ब्रिस्बेन सहर जान्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उक्त उडानमा करिब ३ सय जना यात्रु अस्ट्रेलिया जाने बताए ।

जहाजमा ३० जना न्युजिल्यान्डका नागरिक समेत रहनेछन् भने बाँकी अष्ट्रेलियाली नागरिक हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्