नव वर्ष को शुभकामना – कविता

रेवाधर जोशी

आयो वर्ष नयाँ चहलपहलमा प्राणि सबै हर्ष छन
बैशाख देखि लिएर चैत्र तक यि जो बार मास पर्दछन ।
सारा शान्त हवोस सुखैसुख सहोस दुख मात्र रत्ति नहोस।
राष्ट्रै शान्त रहोस सबै सुखि रहुन सर्वत्र शान्ति रहस।

बैशाख मा गाँहु बालिको फसल होस चोठाकोठा भरि ।
चर्को धुप छ जेष्ठ को अति जउन श्रि अग्नि का ताप सरि।
शान्तै भई त्यसमा दिवाकर जिले शितल गराई दिउन ।
घामको सितल रहोस सब जना सितल छहारि लिउन ।

आसारश्रावण मा नदि नदहरु शान्तै गतिले बहुन।
भादैका गवरादि पर्वहरुमा क्वौ विग्न बाधा नहुन।
आसुन्ये जुन मास हो सरदको कान्ति लिई आउने।
ये मास हो कृषकादि हरुको धान बालि थन्कक्याउजे।

जात्रा कात्तिक मा यिँदेव भूमि मा पुजा र आजा हउन
मँसिर उत्तम मासमा पनि सबै राजि खुशिलेरहुन।
शान्तै शान्त रहोस कुशल सब रुहुन क्वौ बिग्न बाधा नहुन।
आउला जब षुसको सिरिसिरि ठण्डा तुसारो अनि।
हट्दै जावस ठण्डिको फिरिफिरि खुशि रहुन जो पनि।

पुसको अन्तमहाँ जउन नरहरी जुज माघको पचँमि।
दुइटै पर्व वितुन बडा सुखमहाँ सारा रमाई रमी।
फागुन को शिवरात्रिमा शिवजिको कृपा सबैमा रहोस।
होरी उत्सवमा सबै रमी रहुन क्वौ बिग्न बाधा नहोस ।
बारहौ मास छ चैत्रको जुन यहाँ भेटधाट गर्ने सब।
भाइ बहिनि भेट होस सकलका रोक्छु कलम यो अब।

रचनाकार : रेवाधर जोशी

ठेगाना : लेकम गाउँपालिका-२, दार्चुला 
पेशा : शिक्षक, हुनैनाथ मा वि रातामाटा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्