स्वास्थ्य सामाग्री खरिद अनियमितताबारे प्रधानमन्त्रीको चासो, उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्री मौन

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए ? काम गर्ने तौरतरिका कहाँ मिलेन वा भएको के हो ? ’

आफूलाई पूर्ण जानकारी नगराई सुरु गरिएको खरिद प्रकरणमा अनियमतिताको प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा त्यसबारे प्रश्न गरेको एक मन्त्रीले बताए। कोरोनासँग जुध्न उपकरण खरिद आवश्यक भए पनि यही बहानामा अनियमतिता गरिएको भन्दै सरकारको चर्काे आलोचना हुन थालेको छ । त्यही भएर प्रधानमन्त्रीले खरिद प्रकरणबारे चासो देखाएको ती मन्त्रीले बताए।

उनका अनुसार प्रधानमन्त्रीले यो विषयमा झन्डै २० मिनेट बोलेका थिए । लकडाउन एक साता लम्ब्याउने र राहत प्याकेज घोषणा गर्ने दुई एजेन्डा मात्र रहेको मन्त्रिपरिषद् बैठक त्यसपछि केही लम्बिएको ती मन्त्रीले सुनाए ।

‘स्वास्थ्य उपकरणका सन्दर्भमा भएको के हो ? बाहिर अनेक कुरा किन आइरहेका छन् ? भ्रष्टाचार भयो भनेर त्यो विषय कसरी उठ्यो ? प्रश्न उठ्नुका कारण के हुन् ? ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘सरकारलाई बदनाम गर्ने नियत पनि यसभित्र छन् कि सरकारकै केही कमीकमजोरी पनि छ ? ’

प्रधानमन्त्रीले संकटका बेला जाने सन्देश सरकार र पार्टीका लागि अर्थपूर्ण हुने स्पष्ट पार्दै यस्तो बेला संवेदनशीलता बुभ्mनुपर्ने धारणा राखेका थिए ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल बैठकमा केही नबोलेको ती मन्त्रीले बताए । ‘उच्चस्तरीय समितिको संयोजन गरिरहनुभएका उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले प्रधानमन्त्रीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा चासो देखाए पनि खास कुनै टिप्पणी बैठकमा गर्नुभएन’, ती मन्त्रीले भने, ‘त्यसबारे उहाँहरू चुप नै बस्नुभयो ।’ यो सामाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्