यी हुन् काँग्रेसबाट ८ मन्त्रालय सम्हाल्ने मन्त्रीहरू

काठमाडौ – सत्ता गठबन्धनमा दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको छ। कुन मन्त्रालय कुन दलले लिने भन्नेमा दलहरू लगभग सहमतिमा पुगेका छन्।

नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमत पार्टीले १ मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक-एक मन्त्रालय पाउने सहमति बुधबार नै भएको थियो।

त्यही अनुरूप कांग्रेसले ८ जनाको नाम टुंग्याएको हो। कांग्रेसबाट पूर्णबहादुर खड्का, रमेश रिजाल, धनराज गुरूङ, एनपी साउँद, सीता गुरूङ,  डिगबहादुर लिम्बू, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत मन्त्री बन्ने भएका छन्।

धनराज गुरूङ सामान्य प्रशासन मन्त्री, एनपी साउँद सहरी विकास मन्त्री, सीता गुरूङ भूमि व्यवस्था मन्त्री, डिगबहादुर लिम्बू न्याय, कानून तथा संसदीय मामिला मन्त्री,  प्रकाशशरण महत अर्थमन्त्री र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने कांग्रेसको तयारी रहेको एक नेताले जानकारी दिए।

खड्का र रिजालको मन्त्रालय भने टुंगिसकेको छैन। अरू दलले भने मन्त्री बन्नेको नाम टुंग्याइसकेका छैनन्।

जनता समाजवादी पार्टीले शिक्षा र वन मन्त्रालय पाउने भएको छ।

जनमतले उद्योग मन्त्रालय पाउने भएको छ। नेकपा एसको भने भौतिकबाहेक मन्त्रालय टुंगिएको छैन। एसबाट वेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्दै छन्। संख्या तय भए पनि मन्त्रालय फरक पर्न सक्ने प्रधानमन्त्री सचिवालयको भनाइ छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्