सिरहामा चट्याङ लागेर ट्रक चालकको मृत्यु

सांकेतिक तस्बिर

जनकपुरधाम – सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका-८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम रहेका प्रहरीले जनाएको छ ।

ना ५ ख ३७२१ नम्बरको ट्रक लिएर मिर्चैयास्थित सौर्य सिमेन्ट इण्डस्ट्रिजमा पुगेको बेला दिउँसो वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्