भक्तपुरमा महिलाको शव भेटियो

भक्तपुर – भक्तपुरमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मध्यपुर ठिमी वडा नम्बर ३ हनुमन्ते खोला नजिकै एक महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार यतिबेला प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ ।

महिलाको परिचय खुल्न सकेको छैन । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्