चीनबाट आएको स्वास्थ्य सामाग्री धनगढी पुग्यो

कैलाली –चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुगेको छ । संघीय सरकारले चीनबाट आइतबार ल्याएको स्वास्थ्य सामाग्री आज सेनाको स्काइ ट्रकमार्फत धनगढी ल्याइएको हो ।

सुदूपश्चिमका लागि एक हजार अस्थायी पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई) १० हजार सर्जिकल माक्स, थर्मो्मिटर १०, पन्जा २० हजार पिसलगायतका सामग्री आएको प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठले जानकारी दिए ।

उनले भोलिदेखि महाकाली अस्पताल, सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरुमा वितरणका लागि पठाउने जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्