नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले दियो सात दिने अल्टिमेटम

काठमाडौँ – काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ। शनिबार गोरखापत्रमा प्रकाशित सूचनामा नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिइएको छ।

महानगरपालिकाले यसअघि पनि पटक-पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनिएको स्मरण गरेको छ। एक साताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च पनि सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ। काठमाडौं महानगरभित्रका बागमती, बिष्णुमतीलगायत नदी किनारमा अनधिकृत संरचनाहरू बनेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्