नेप्से २२.६५ अंकले सुधार

काठमाडौं –  लगातार घट्दो क्रममा रहेको सेयर बजार आज सोमबार १ प्रतिशत भन्दा माथिले बढेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २२.६५अंक (१.१८ प्रतिशत) ले वृद्धि हुँदा १९४९.०६अंकमा बन्द भएको छ ।

दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम समयमा भने बढेर बन्द भएको हो । बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार १ अर्ब ७ करोडमा सीमित भएको कारोबार सोमबार वृद्धि भएको छ । सोमबार बजारमा २९ हजार २८२ वटा कारोबारमा ५२ लाख ५५ हजार ०८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ८६ लाखको कारोबार भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्