प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, पक्षमा १७२ मत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मतका लागि भएको मतदानमा प्रधानमन्त्री दाहालको पक्षमा १७२ मत परेको थियो ।

उहाँलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतले विश्वासको मत दिएका हुन ।

प्रधानमन्त्रीको विपक्षमा ८९ मत परेको थियो ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएनन ।

नेपाल मजदूर पार्टीका १ जना सांसदले भने पक्ष वा विपक्ष दुबैतर्फ मतदान गर्नुभएन ।

प्रधानमन्त्री दाहालले यो प्रतिनिधि सभाबाट दोश्रो पटक विश्वासको मत लिनुभएको हो ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतका लागि आजको प्रतिनिधि सभाको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्