गजल : के-के जिताउ भन्नुहुन्छ

सोझो साँझो हुनुर्पछ भनौं अनि मान्छे मनकारी हुनुपर्छ ।
परिवर्तनका निम्ति यहाँ थकित होइन प्रयासजारी हुनुपर्छ ।

तपाई नेविसंघ अनेरास्ववियु क्रान्तिकारी के के जिताउ भन्नू हुन्छ ।
हरे जिताउनका लागि उम्मेदवार सक्षम योग्य इमानदारी हुनुपर्छ ।।

चुलो चौको घरायसी काममा कहिलेसम्म सिमित दिदीबहिनीहरू ।
अब त, केही कदम अगाडि बढ्नुस,,नेतृत्व कर्ता पनि नारी हुनुपर्छ ।।

मेरो भोट कसलाई भनौं मैले जब कि यहाँ कयौं उम्मेदवार छन् ।
भोटदिन विद्यार्थीको हकहितमा घोषणापत्र र उम्मेदवारी हुनुपर्छ ।।

विषादी मिसिएको सडेगलेको बजारको बस्तु खानुभन्दा साथीहरू।
आजदेखि लाग्नुस् हाम्रो गाउँमा एक घर एक करेसा बारी हुनुपर्छ ।।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्