अमेरिकी नागरिकलाई लैजान कतार एयरवेजको चार्टर जहाज काठमाडौ आउने

काठमाडौं – नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार कतार एयरवेजको जहाज नेपाल आउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्ने अमेरिकी दूतावासले जनाएको छ ।

सोमबार स्थलमार्गबाट नेपालका विभिन्न भागमा रहेका अमेरिकी नागरिकलाई भने काठमाडौं ल्याइदैछ । नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिकाले मंगलबार चार्टर्ड उडानमार्फत अमेरिका फिर्ता लैजाने जानकारी गराएसँगै नेपाल पर्यटन बोर्डले अमेरिकी नागरिकलाई काठमाडौंमा ल्याउन सहजीकरण गरिरहेको छ ।

पूर्वका विभिन्न जिल्लामा रहेका अमेरिकी नागरिक आज स्थलमार्गबाट काठमाडौं आइरहेको बोर्डले जनाएको छ । अमेरिकाले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । अमेरिकी दूतावासले समेत घर फर्कने चाहने नागरिकलाई फारम भर्न आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्