ग्यास सिलिण्डर पड्किएर पाल्पामा एकजना घाइते, घरमा समेत क्षति

तस्बिर: कमल अधिकारी, नेपाल टेलिभिजन

पाल्पा– पाल्पामा खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्किएर एकजना घाइते भएका छन् । आज बिहान बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा राखेको ग्यास सिलिन्डर पड्किएको हो ।

स्थानीय पत्रकार दयाराज न्यौपानेका अनुसार उक्त सिलिण्डर पड्केर पम्फा घिमिरे घाइते हुनु भएको छ। उहाँको अवस्था सामान्य रहेको र घरमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । सिलिन्डर पड्किएर आगलागी हुनबाट भने स्थानीयको सहयोगमा जोगाइएको छ । सिलिन्डर पड्किनुको कारण पत्ता लागेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्