उपराष्ट्रपतिमा जसपाबाट रामसहाय यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता

काठमाडौं – उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट दुईजनाले उम्मेदवारी दर्ता गरेका छन् । नेता रामसहाय यादवले उम्मेदवारी दर्ता गरे भने जसपाबाटै नेतृ प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गरेकी छिन् ।

शनिबार विहान संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

रामसहायको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका रमेशजंग रायमाझी छन् ।

समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुनेछ । एमालेबाट नेतृ अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्