सुवास नेम्वाङको राष्ट्रपति निर्वाचनमा १६ हजार ५ सय रुपैयाँ खर्च

File Photo

काठमाडाैं – एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति निर्वाचनमा भएको खर्च सार्वजनिक गरेका छन्। राष्ट्रपतिको उम्मेदवार बन्दा १६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण नेम्वाङले निर्वाचन आयोगलाई बुझाएका छन्।

एमाले सांसद महेश बर्तौलामार्फत् नेम्वाङले आयोगलाई बुझाएको विवरणमा प्रचार प्रसार गर्दा १० हजार र मसलन्द शिर्षकमा ६ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख छ।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्