फिल्म ‘छड्के २’ बक्स अफिसमा फ्लप, अभिनेता अनमोल केसीले गल्ती स्वीकारे

काठमाडौं – पछिल्लो फिल्म ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् । यो अनमोलको पहिलोपटक सार्वजनिक गरेको धारणा हो । शुक्रबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् ।

आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन् । उनको घाम डुबेपछि भोलि नयाँ बिहानी उदाउने भन्दै दर्शकको दुखेको घाउमा मल्हम लगाउने समेत बताएका छन् ।

अनमोलको नवौं फिल्म ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रह्यो र मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले यसलाई प्रदर्शनको ६ दिनमै हटाइदिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्