स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएको छ, यद्यपि केही महंगो परेको हुनसक्ने स्वीकार गरेको छ ।

मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणहरुको पहिलो खेप विहान काठमाडौं ल्याएको छ । ती उपकरणहरु चीनबाट आयात गरिएको हो । तर एन ९५ लगायतका मास्क महंगो मूल्यमा किनिएको भन्दै यतिबेला सरकारको आलोचना भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका छन् । अरु देशमा पनि सामानको अभाव रहेको भन्दै उनले भने, ‘केही महंगो भएको हुनसक्छ । तर समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो गर्नु भएन ।’

स्वास्थ्य सेवा विभागका प्रमुख श्रेष्ठले अघि भने, ‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ । यो भनेको करिव २ हजार रुपैयाँ पर्छ । हामीले १९१९ रुपैयाँमा सम्झौता गरेका छौं ।’

संसारभर अभाव रहेको भन्दै उनले यस्तो बेला सामान्य अवस्थाको मूल्यमा नपाइने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्