ओखलढुंगामा संगठन मजबुत बनाउँदै काँग्रेस नेता खतिवडा, एमालेका वडासचिवलाई कांग्रेस प्रवेश गराए

ओखलढुंगा – ओखलढुंगामा एमालेका वडासचिव कांग्रेस प्रवेश गरेका छन् । सिद्धिचरण नगरपालिका २ ठूलाछापका एमाले वडा कमिटी सचिव मनोज कटवाल एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

शिक्षण पेशामा समेत संलग्न कट्वाल शिक्षक संघको जिल्ला अधिवेशनका क्रममा कांग्रेस भित्रिएका हुन् । कांग्रेस केन्द्रिय सदस्य तथा सांसद रामहरि खतिवडालगायतका नेताले कट्वाललाई कांग्रेसमा स्वागत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्