हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टियो

पोखरा – हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परिवारसहित चढेको डुंगा पल्टेको थियो । सबैको उद्धार भएपनि एकजना वृद्ध आमा बेहोस छन् । उनको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै छ । डुंगामा ७ जना सवार थिए । हावाहुरीले ४ वटा डुंगा पल्टे पनि सबैको उद्धार भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्