गृहमन्त्रालयले एक जना डीएसपीलाइ विभागीय कारवाही गर्ने

काठमाडौं – गृहमन्त्रालयले एक जना नायब उपरीक्षक (डीएसपी)लाइ विभागीय कारवाही गर्ने भएको छ । प्राविधिकतर्फ कार्यरत ससशस्त्र प्रहरीका डीएसपी डाक्टर आशिष कोजुलाई कारवाही गर्ने तयारी थालेको छ । गैरहाजिर भएका डिएसपी कोजुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि सशस्त्र गृहमन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो ।

गृहमन्त्रालयले पुनः किन विभागीय कारबाही नगर्ने भनी सात दिने स्पष्टीकरण मागेको छ । डीएसपी कोजु गत मंसिर ११ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए । उनी हाजिर नभएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सूचना टाँस गरेको थियो तर उनी सम्पर्कमा आएनन् ।

कोजु सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउनका आवश्यक कारबाहीको लागि गत पुस २५ गते गृहमन्त्रालयलाई अनुरोध गरी पत्र पठाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्