लीलाध्वज थापा साहित्य प्रतिष्ठान द्वारा साहित्यकार प्रा.रन्जुश्री पराजुली सम्मानित

काठमाण्डौ – यसश्वी कवि तथा उपन्यासकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा एक कार्यक्रमको आयोजना गरी मासिक रचनावाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा तल्लीन रही नेपाली साहित्यमा विशिष्ट योगदान दिएका साहित्यकार प्रा.रन्जुश्री पराजुलीलाई प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा लीलाध्वज स्रष्टा सम्मानले सम्मानित‌ गरिएको छ ।

उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा आयोजित गरिएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो । उक्त प्रतिष्ठान यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा पारिवारिक स्रोतबाट स्थापना भएको संस्थाको रुपमा परिचित छ ।

उक्त कार्यक्रममा रामप्रसाद पन्तलेले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित भएका साहित्यकार प्रा.रन्जुश्री पराजुलीका विषयमा संक्षिप्त प्रकाश पार्नुका साथै सम्मानित स्रष्टाले नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिएकाले साहित्य कलाको माध्यमबाट मानव जीवनमा विशिष्ट सन्तुष्टि प्राप्त हुने विचार व्यक्त गर्दै उपस्थित सबैलाई न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रमबारे प्रकाश पारेका छन् ।

सम्मानित स्रष्टा प्रा.पराजुलीले पंचायत कालमा राजदरवार बाट प्रकाशित हुने लालकिरण पत्रिकामा आफ्नो पहिलो समालोचना प्रकाशित हुँदा जति खुशी लागेको थियो अहिले पनि लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट सम्मानित हुन पाउँदा आफूलाई त्यत्तिनै खुशी लागेको बिचार व्यक्त गर्दै उपन्यास, नाटक, हांस्यव्यङ्ग्य,कविता आदि लेखेर साहित्यमा लीलाध्वज थापाले प्रदान गर्नु भएको योगदानको

उल्लेख गरेकि छन् । उहाँको उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएको र मन उपन्यासले २०१४ सालमा नै मदन पुरस्कार प्राप्त गर्नुका साथै ज्यादै चर्चित भएको उल्लेख गर्दै त्यस्ता स्थापित स्रष्टाको नामको प्रतिष्ठानबाट सम्मानित हुँदा अत्यन्त खुशी लागेको बताएकि छन् । साहित्यकार लीलाध्वज थापालाइ पढेको मात्र नभइ नजिकबाट देखेको, बोलेको र आफूले पढाउने पद्म कन्या कलेजको कार्यक्रममा प्रश्नहरू गरेको चर्चा गर्दै प्रतिष्ठानले हरेक महिना यस्तै राम्रो कार्यक्रम गर्ने गरेको सुन्दा अत्यन्त खुशी लागेको कुरा व्यक्त गर्दै यसको निरन्तरताको कामना समेत गरेकि छन् ।लीलाध्वज थापाका सुपुत्र विजयजीले पनि आफ्नो पिताको प्रेरणाले कविता,नियात्रा , मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्री वृद्धि गरेको चर्चा गर्दै सम्मान पुरस्कार भनेको सानो ठूलो नभइ श्रद्धाले गरेको सबै सम्मान ठूलो हुन्छ भन्दै पिताजीको नाममा पारिवारिक प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा सम्मान कार्यक्रम गर्दै आएकोमा प्रशंसा गरेकि छन् ।

उक्त कार्यक्रममा कवि ज्ञान उदास,प्रा डा गोविन्दमान सिं कार्की, रत्न विरही घिमिरे मुकुन्द न्यौपाने विजयध्वज थापा, उत्तम विचार ,लव खडका, जयराम विडारी, रूची सत्याल, रन्जुश्री पराजुली, भोलानाथ सुवेदी, कात्यायन , कुशुम शर्मा , सुशान्त के सी, भुवन सिवाकोटी चौघरे,बिन्दु अधिकारी ढकाल, कुमार नेपाल, कृष्ण प्रसाद पौडेल, धरणीधर गुरागाईं, खुस्बु रिजाल, बद्री उप्रेती, नम्रता उप्रेतीद्वारा आ-आफ्ना रचना वाचन गरिएको थियो ।

उक्त कार्यक्रममा स्रष्टा उत्तम विचारद्वारा आकर्षक रुपमा सहजकर्ताको भूमिका निर्वाह गरिएको थियो । अन्त्यमा सभाध्यक्ष बिजयध्वज थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म चौहत्तर अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले सम्मानित गर्न पाउँदा अत्यंत खुशी लागेको बिचार ब्यक्त गर्नुकासाथै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्