पाँचथरमा आगलागीमा परेर दुई जना बालककाे मृत्यु

सांकेतिक तस्विर

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा आगलागीमा परेर दुई जना बालककाे ज्यान गएको छ । शुक्रवार दिउँसो करिब २ बजे हिलिहाङ-७ यवाडाँडाका प्रेम पन्धाकको घरमा आगलागी हुँदा पन्धाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्धाक र सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको ज्यान गएको हो। दिउँसो अभिभावक जङ्गल गएकाे समयमा उनीहरु मात्रै घरमा रहेकाे बेला आगलागी भएकाे हाे ।

आगलागीकाे कारण भने खुल्न नसकेकाे वडाध्यक्ष धनकुमार लिम्बूले बताए । आगलागीबाट घर पूर्ण रुपमा जलेकाे उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्