बालुवाटार बैठक : राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति

काठमाडौं – बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति जुटेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । राष्ट्रपति कांग्रेसले लिने सहमति भएको महामन्त्री विश्वप्रकाश शर्माले उपहार खबरलाई जानकारी दिए ।

बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्