तेह्रथुमकाे हात्तीखर्कमा भीषण आगलागी

सांकेतिक तस्विर

काठमाडौँ  – तेह्रथुमकाे आठराई गाउँपालिका–६ चुहानडाँडाको हात्तीखर्कमा भीषण आगलागी भएकाे छ । आगलागीबाट अहिलेसम्म १४ वटा घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट अझ धेरै क्षति भएको हुनसक्ने आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए ।  आगो हात्तिखर्क गाउँको बस्तीमा फैलिएको हो । आगो निभाउन प्रहरी र स्थानीय बासिन्दा खटिएका गाउँपालिका अध्यक्ष पाहिमले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्