उदयदेव माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भोजराज पन्त, कञ्चनपुर,सुन्दरपुर
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोकायाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिकाका नगरप्रमुख प्रमुख अतिथि रहनु भएको थियो ।
वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्वोधन गदै नगरप्रमुखले भन्नु भयो उदयदेव विद्यालय भनेको नगरको एक उत्कृष्ट विद्यालय हो । यो विद्यालय प्रति नगरको आसा छ । जसरी सुरुका दिनमा यो विद्यालयले जिल्ला कै उत्कृष्ठ नतिजा ल्याउने विद्यालय भनेर चिनीन्थ्यो त्यसरीनै अवका दिनमा समेत चिनिने छ भन्ने आशा लिएकको नगर प्रमुख वोहराले भन्नु भयो ।
अव जसरी हुन्छ यो विद्यालयलाई कक्षा १० र १२ मा उत्कृष्ठ हुनु पर्दछ त्यसकालागी वेदकोट नगरपालिकाले १० र ११ कक्षा का लागी अतिरीक्त निशुल्क कक्षा सञ्चालन गरेकोछ हाम्रा नानिहरु नियमित विद्यालयमा गए नगएको र शिक्षकले नियमित पढाएको नपढाएको हेर्नू सवै अभिभावकहरुको दायित्व हो त्यसैले आ आफ्नो ठाँउवाट सवैले सहयोग गर्नु पर्ने नगरप्रमुख वोहराले भन्नु भयो ।
अहिले वालवालीका कुलतमा परिरहेकाले सवैले आ आफ्ना नानी वावुहरु कता छन के गरीरहेका छन भन्ने सबै अभिभावकहरुले निङाल्नु जरुरहेको समेत नगरप्रमुख वोहराले आग्रह गर्नु भयो ।
कार्यक्रममा विषिष्ठ अतिथिहरु वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी र पुर्व नगर प्रमुख असोक कुमार चन्द रहनु भएको थियो ।
विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रध्यानापक महेश्वर दत्त भट्टले प्रस्तुत गरेका थिए । उदयदेव माध्यमीक विद्यालय वि.स. २०७०, २०७२ र २०७३ मा सामुदायिक विद्यालयहरुमा एस.एल.सी.परिक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको स्कमरण गराउनु भयो । त्यसै गरी प्राविधिक शिक्षा वालिविज्ञानमा समेत प्रदेमा आफ्नो स्थान अब्वल राखेको उनले वताउनु भयो । विद्यालयमा हाल छात्रा ४७० र छात्र ३५७ गरी जम्मा ८२७ विद्यार्थीहरु रहेको विद्यालयका प्रध्यानापक महेश्वर दत्त भट्टले वताउनु भयो ।
३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका संस्थापकहरु, स्थानिय समाज सेवी, शिक्षा प्रमिहरुलाई समेत सम्मान गरीएको थियो ।
त्यसै गरी राष्ट्रपति रनिङसिल्डमा पदक जित्ने सहभागी खेलाडीहरुलाई विद्यालयले प्रमाण पत्र र पदक प्रदान गरी सम्मान गरेको छ ।


वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा लामो समय सम्म अध्यापन गरारहेको शिक्षक शिक्षिकाहरुलाई समेत सम्मन गरीएको छ । सम्मान पाउने शिक्षक मानवहादुर भाट, भावानि दत्त पन्त,र भान वहादुर कुवर शिक्षाका मामति ठगुन्न(क्षेत्री) रहनु भएको थियो । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थी द्धारा विभिन्न सांस्कृतिक कार्याक्रम समेत प्रस्तुत गरेका थीए ।
३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सभापति तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरत वहादुर रोकायाले आफ्नो तिन वर्षे कार्यकालमा बिद्यालयको सम्पुर्ण ऋण समाप्त भएर जाने र आजकै दिनवाट आफ्ना वुवा र आमाको नाम वाट २ लाखको अक्षकोष विद्यालयमा निर्माण गरिने रोकायाले जानकारी गराउनु भयो । भरत वहादुर रोकाया विद्यालयका संस्थापक स्वर्गीय रुप सिंह रोकाया का कान्छा छोरा हुन ।
३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको कार्यक्रम सञ्चालन क्रमस विद्यालयका शिक्षक उमेश चटौट र लवदेव अवस्थी ले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्