घटना व्यवस्थापन तथा सिफारिस संयन्त्र सम्बन्धि २ दिने  तालिम सम्पन्न  

कैलाली –  बाल कल्याण संघ टिकापुर र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा संचालित बाल सरक्षन परियोजना अन्तर्गत कैलालीका   घोडाघोडी, गौरीगंगा र कैलारी गाउपालिका अन्तरगतका वडा स्तरिय बाल अधिकार समितिका प्रतिनिधिहरुलाई घटना व्यवस्थापन तथा सिफारिस संयन्त्र सम्बन्धि २ दिने क्षमता अभिवृद्धि मुलक तालिम बुधबार चिसापानीमा सम्पन्न भएको छ l                 स्थानीय तहहरुमा पिछडिएका बालबालिका हरुको अबस्था बुझ्ने र घटनाको कसरी ब्यबस्थापन गर्ने कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा   उषा जोशी र , उदयराम खत्री  प्रष्ट पारेका थिए ।

परियोजनाको आयोजनामा फाल्गुण ९ गते देखि १० गते सम्म संचालित उक्त कार्यक्रममा स्थानीय तहका विभिन्न वडाका बाल अधिकार समितिका प्रतिनिधि हरुको सहभागिता रहेको थियो l    तालिममा सहभागी प्रतिनिधि हरुले स्थानीय स्थरमा लागू पदर्थ संगल भएका बालबालिकाहरुको पहिचान गरि अभिभाबक र बालबालिकाहरुलाई संगै राखि मनौपरामर्श कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका थिए । परियोजनाका कार्यक्रम प्रभाबकारी भए पनि समुदाय स्थरमा  एकै ब्यक्ति संग दोहोरीने भएकाले वडा स्थरका सबै टोल हरुमा काम गर्दा राम्रो हुने भएकाले परियोजनाले   यस्ता कार्यक्रम बनाउनु  बताएका छन्  ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्