नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान चिप्लियो, सामान्य क्षति

काठमाडौं – नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौबाट कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन नेपालगञ्ज गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपालगञ्ज विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अब कोरोना भाइरसको सम्भावित स‌ंक्रमितको नमुना लिन अर्को विमान जाने बताए । दुर्घटना भएको विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्