फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ

काठमाडौँ – फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । परिवारका सदस्यहरूको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको टेकु अस्पतालले जनाएको छ ।

संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ । उनको पनि दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

युवतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए । युवतीलाई डिस्चार्ज गरेको खबर आए पनि उनले युवती आइसोलेसनमै रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्