स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा डाक्टर र स्टाफ नर्सको लागि आवेदन खोल्यो

काठमाण्डौ – सरकारले डाक्टर तथा स्टाफ नर्सको लागि आवेदन मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात÷सात जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना स्टाफ नर्सको लागि आवेदन मागेको हो ।

जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्टको लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरेको हुनुपर्नेछ । यस्तै स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

आवेदन दिनको लागि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । आवेदन दिन एक हप्ताभित्र मा पठाउन सकिन्छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवेदन मागेकाले पहिलो आवेदक पहिलो प्राथमिकता र योग्यताका आधारमा करार नियुक्त गरिने पनि मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्