अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा भएको गोलीकाण्डमा १० जनाको मृत्यु

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन् ।

स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ । लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयु मेयर्सका अनुसार अधिकारीहरुले शनिबार राति १०बजेर २० मिनेट जाँदा आपतकालिन कलको जवाफ दिनुभएको थियो ।

उहाँले भन्नुभयो, “अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए ।” “मोन्टेरी पार्क प्रहरी फायर डिपार्टमेन्टका अधिकारी घटनास्थलमा पुगी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो भने १० जनालाई घटनास्थलमा मृत भेटेको थियो, मेयर्सले भन्नुभयो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

शङ्कास्पद आक्रमणकारी घटनास्थलबाट भागेकोले प्रहरीले उसलाई पछ्याइरहेको छ । लस एन्जलसशहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास छ । मोन्टेरी पार्कमा करिब ६१ हजार मानिसहरू बस्छन्, जसमध्ये अधिकांश एसियाली वा एसियाली मुलका अमेरिकी हुन् ।

बन्दूक हिंसासम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने एउटा वेबसाइटका अनुसार गत वर्ष ६४७ वटा सामूहिक गोलीकाण्ड भएको संयुक्त राज्य अमेरिकामा सामुहिकरूपमा हुने बन्दुक हिंसा एउटा ठूलो समस्या रहेको छ । अमेरिकी कानुनले चार वा सोभन्दा बढी व्यक्तिले गोली हानेको वा मारिएको घटनालाई सामुहिक गोलिकाण्डका रूपमा परिभाषित गरिएको छ ।

अमेरिकामा सन् २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्यासम्बन्धी घटना थिए । अमेरिकामा तीन वयस्कहरूमध्ये एकसँग कम्तीमा एउटा हतियार रहेको छ र दुई वयस्कहरूमध्ये लगभग एक जना हतियार भएको घरमा बस्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्