कोरोना रोकथाम तथा राहत कोषलाई राजपाका संघीय सांसदहरुले १५ दिनको तलब दिने

काठमाडौ – कोरोना रोकथाम तथा राहत कोषलाई राष्ट्रिय जनता पार्टी (राजपा)का संघीय सांसदहरुले १५ दिनको तलब दिने भएका छन् ।

कोरोना रोकथामका लागि सबैको पहल जरूरी भएकाले राजपाका सांसदहरूले १५ दिनको तलब सरकारी कोषमा जम्मा गर्ने निर्णय भएको राजपाले जनाएको छ ।

प्रतिनिधिसभामा राजपाका १७ जना सांसद छन् । जसमध्ये रेशम चौधरी निलम्बनमा छन् ।
राष्ट्रियसभामा राजपाका २ जना सांसद छन् । सरकारले चैत ९ गते कोरोना रोकथाम तथा नियन्त्रणका लागि राहत कोष खडा गरेको थियो ।

५० करोडको कोषमा सबै मन्त्रीहरूले एक महिनाको पारिश्रमिक दिने समेत निर्णय भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्