हवाईसेवा बन्द भएपछि धनगढीबाट नमूना पठाउन समस्या

कैलाली – सरकारले गरेको लकडाउनका कारण कोरोना आशंका गरिएको व्यक्तिको खकार परीक्षणको नमूना काठमाडौंमा पठाउन समस्या भएको छ ।

कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि यहाँ विमानस्थल समेत बन्द छ । जसका कारण विरामीको नमूना काठमाडौं पुर्याउन समस्या भइरहेको छ ।

दुई दिनअघिसम्म कोरोना आशंका गरिएका व्यक्तिको खकारको नमूना सेती प्रादेशिक अस्पतालले सुदूर प्रदेश जनस्वास्थ्य प्रयोगशाला तारानगरलाई पठाएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले त्यो नमूना हवाईजहाज मार्फत काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको थियो ।

तर लकडाउनका कारण हिँजोदेखि हवाईसेवा समेत बन्द भएका कारण कोरोनाको आशंका गरिएका व्यक्तिको रगत, खकार लगायतका नमूना काठमाडौं पठाउन समस्या भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले बताइन् ।

हालसम्म सेती प्रादेशिक अस्पतालबाट प्राप्त १४ जना व्यक्तिको रक्त नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको निमित्त निर्देशक सापकोटाले जानकारी दिइन् ।

चार जनाको नमूना लिएको र त्यो पठाउन नसकिएको सेती प्रादेशिक अस्पताल इमर्जेन्सी बिभाजन प्रमुख जगदीश जोशीले बताए । ‘४ जनाको नमूना लिएर पठाउन सकिएको छैन,’ उनले भने, ‘अझै ४-५ जनाको नमूना लिनुपर्ने छ ।’

अनलाइनखबरबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्