५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति

काठमाडौं । सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

उनले बैठकमा मन्त्रीमण्डल बिस्तारका बारेमा पनि छलफल भएको बताए । उनले आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको  समेत बताए । गृहमन्त्री लामिछानेले सरकार के का लागि हो भन्ने कुराको तय गर्न न्युनतम साझा कार्यक्रम बनाइन लागेको बताए ।

साझा कार्यक्रमको मस्यौदा तय गर्नका लागि अब निरन्तर बैठक बस्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले राप्रपा पनि सरकारमा जानका लागि लचिलो रहेको र न्यूनतम साझा कार्यक्रममा राप्रपाको मागसमेत समेटिने दाबी गरे । उनले मन्त्रिपरिषद् विस्तारका लागि व्यापक छलफल भएपनि अहिल्यै टुंगो नलागेको बताए । गठबन्धन दलहरूबीच प्रदेशसम्म प्याकेजमै सहमति हुने लामिछानेको भनाई छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको र क्षमताका आधारमा मन्त्री नियुक्त गर्ने समझदारी भएको गृहमन्त्री लामिछानेको भनाई छ । पहिलो चरणमा प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । सत्तागठबन्धनले प्रदेशहरुमा पनि सरकार गठनको तयारी गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्