प्रतिनिधिसभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै

काठमाडौँ – रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् ।

उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको हो । सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्