शुक्लाफाँटामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ : प्रथम चन्द्र सूर्य, दोस्रो धर्म जनता

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले प्रतियोगिता बुधबार वडा १० झलारीमा रहेको कृष्ण माध्यमिक विद्यालयको श्रोतकेन्द्र भवनमा आयोजना गरेको थियो ।
प्रतियोगितामा पालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालय गरेर १७ वटा विद्यालयले सहभागि जनाएको शिक्षा शाखा प्रमुख सुरेश भट्टले बताए । हाजिरी जवाफ प्रतियोगितामा वडा नम्बर १० मा रहेको चन्द्र सूर्य माध्यमिक विद्यालयमा अध्ययनरत आकृति मल्ल र मनिस पन्त प्रथम भएका छन् । वडा नं ०७ मा रहेको धर्म जनता माध्यमिक विद्यालयमा अध्ययनरत हरिस भट्ट र सुष्मा धामी द्धितीय र किड्स इन्टरनेशनल स्कूलमा अध्ययनरत अनुप कार्की र रञ्जना नाथ तृतीय भएका हुन् ।
अनिरुद्ध सेकेण्डरी स्कूलमा अध्ययनरत आशिका खाडायत र सागर धामी चौथो (सान्त्वना) भएका छन् । प्रतियोगितामा प्रथमलाई ४ हजार, द्धितियलाई ३ हजार, तृतियलाई २ हजार र सान्तावनालाई १ हजार प्रदान गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्