यी हुन् माओवादीबाट उपराष्ट्रपतिमा दाबेदार नेताहरु !

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को कार्यकाल सकिन लाग्दै गर्दा सो पदमा को नयाँ आउँछन् भन्ने चासो बढ्न थालेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिना अघि निर्वाचनको सबै प्रक्रिया पुरागरी सक्नुपर्ने व्यवस्था छ ।

सत्तारुढ सात दलको गठबन्धनबाट राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी भागमा पर्ने प्रवल सम्भावना छ । एमालेबाट राष्ट्रपतिमा सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरु दाबेदार छन् । एमालेले राष्ट्रपति पुरुषलाई बनाएमा माओवादीबाट उपराष्ट्रपति पदमा महिलाबाट जयपुरी घर्ती, ओनसरी घर्ती, उर्मिला अर्याल, पूर्णकुमारी सुवेदीलगायत प्रमुख दाबेदार रहने देखिएको छ । पार्टीको स्थायी समितिमा भएका र राजनीतिक रुपमा महत्वपूर्ण भूमिका खेलेकाले उनीहरू उपराष्ट्रपतिको दौडमा सबैभन्दा अघि देखिएका हुन् ।

काठमाडौं २ बाट पराजित ओनसरी घर्ती उपराष्ट्रपति बन्न सक्ने व्यक्तित्व भएको नेताहरूले बताएका छन् । उनका श्रीमान् समेत रहेका वर्षमान पुन मन्त्री भएर नगएमा घर्ती उपराष्ट्रपति हुनसक्ने नेताहरूको आकलन छ । उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने भन्दा वरीयतामा तल हुनेगरी मन्त्री नहुने पुनले पार्टीमा बताउँदै आएको बताइन्छ ।

यसैबीच पार्टी उपमहासचिव हरिबोल गजुरेलले भने उपराष्ट्रपति पद अस्विकार गरिसकेका छन् । अझै पार्टीको कार्यकारी भूमिकामा काम गर्ने इच्छा भएकाले उपराष्ट्रपतिमा नजाने गजुरेलले बताए । यस्तै अर्का नेता दीनानाथ शर्मा, लिलामणि पोखरेल लगायत नेताहरू समेत उपराष्ट्रपतिमा जान सक्ने नेतामा पर्छन् । तर, एमालेले महिला वा पुरुष कसलाई राष्ट्रपति बनाउँछ त्यसैबाट माओवादीबाट उपराष्ट्रपतिमा जाने नेताहरूको टुंगो लाग्ने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्