१९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं  – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुडानका नागरिक मोहम्मद अहम्मद छन्। शुक्रबार २:१५ को फ्लाइटमा फ्लाई दुबईको उडानबाट नेपाल आएका उनलाई विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेक गरेका थिए। चेक गर्दा उनको साथबाट १९ किलो सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले जानकारी दिए।

उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्