बैतडीमा शिक्षक हत्या आरोपितले भने – श्रीमतीलाई गरेको व्यवहार सहन नसकेर हत्या गरें

बैतडी –  बैतडीको पाटनमा शिक्षक धनबहादुर विष्टको हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमान–श्रीमतीलाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

शिक्षकको हत्या आरोपमा पुर्चौडी नगरपालिका–३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजालाई प्रहरीले पक्राउ गरेको थियो। बिमला कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। उनी कृष्ण मावि पाटनको छात्राबासमा बसेर अध्ययन गर्थिन्। पुस १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको कारण आफूले हत्या गरेको प्रजाले प्रहरीलाई बयान दिएका छन्।

उनले श्रीमतीमाथि गरेको व्यवहार आफूले सहन नसकेर हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। राति हत्या गरेपछि विष्टको शवलाई छात्राबासको पछाडि फालेको प्रहरीको अनुसन्धानले देखाएको छ।

घटनाका अभियुक्तमाथि १० दिनको म्याद थपेर अनुसन्धान हुने बताइएको छ। सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक विष्ट कार्यरत थिए। विष्टको शव पुस २ गते दिउँसो फेला परेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्