आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

सांकेतिक तस्बिर

सर्लाही – आगो ताप्ने क्रममा जलेर सर्लाहीको हरिवनमा एक जना महिलाको ज्यान गएको छ ।

आगाेले जलेर हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । आगाेले जलेर घाइते हुनुभएकी रखालकाे प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा आज बिहीवार दिउँसो ज्यान गएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्