आज नवनिर्वाचित सांसदकाे शपथ

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ खाँदैछन्। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा हुने शपथ समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर राणाले अन्य सांसदहरूलाई सपथ खुवाउने कार्यक्रम रहेको छ। शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन संघीय संसद् सचिवालयले अनुरोध गरेको छ।

संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ। शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ। मातृभाषामा शपथ लिन चाहने सांसदलाई आज बिहान ११ बजेसम्मको समय दिइएको छ।

शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ। चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ। शपथ ग्रहण कार्यक्रम अगाडि जेष्ठ सदस्य पशुपति शमशेर राणाले सर्वदलीय बैठकको आव्हान गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्