नेशनल प्याब्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न, यी स्कुलले पाए उपाधी !

भक्तपुर-  नेशनल प्याब्सन भक्तपुरको आयोजनामा अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।  नेशनल प्याब्सनका केन्द्रिय सह-कोषाध्यक्ष बिक्रम ढुकुछुको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा प्यारागम एकेडेमी विजयी भएको छ । प्यारागनको नेवारी धिमे नृत्य प्रथम हुदा इडेन गार्डेन स्कुलको खलो नृत्य (माझी समुदायको पितृ उद्धार गर्ने) द्वितीय भएको छ भने मदरल्याण्ड स्कुलको संगीनी नृत्य तृतीय भएको छ ।  त्यस्तै एसएस सदनले सान्त्वना पुरस्कार हात पारेका थियो।

 उक्त नृत्य प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि ढुकुछुले विद्यार्थीहरूको क्षमता अभिबृद्धिमा यस्तो कार्यक्रम निकै उपलब्धिमुलक हुने बताएका छन् । सोही कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नेपाल लोक संस्कृतिको धनी देश भएकोले लोकसंस्कृति झल्कने नृत्यहरूलाई संस्थाले बिशेष प्राथमिकतामा राखी कार्यक्रमहरू गर्दै आएको बताए । खड्काले बिद्यार्थीहरूलाई यस्तो कार्यक्रमहरूमा सहभागी गराउँदा नेपाली मौलिक लोक संस्कृति संरक्षण सम्वर्द्धनमा टेवा पुग्ने बताए । नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष खड्काको सभापतित्वमा सम्पन्न प्रतियोगितामा नेशनल प्याब्सनका केन्द्रिय सदस्य जिबी खड्का, नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष पुण्यराम कवां लगायत भक्तपुर शाखाका पदाधिकारीहरूको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई पदक तथा शील्ड वितरण गरिएको  जिल्ला सचिव जयप्रकाश राईले जानकारी दिए। साथै प्रतियोगितामा प्रथम हुन सफल प्यारागन एकेडेमीका नृत्य नेशनल प्याब्सनको बागमती प्रदेश स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा छनौट भएको र २०७९ पौष ४ गते सम्पन्न भएको जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम भएको मदरल्याण्ड स्कुलकी प्रशंसा कार्की प्रदेश स्तरीय वक्तृत्वकलामा छनौट भएको कुरा कार्यक्रम संयोजक तथा भक्तपुर शाखा सदस्य सुमन शिल्पकारले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्