नेशनल प्याब्सनका अध्यक्ष हमाल सहितको केन्द्रीय टोली किन देश दौडाहमा छ ?

काठमाडौँ – राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (नेसनल प्याब्सन)का केन्द्रीय अध्यक्ष पाण्डव हमाल सहितको केन्द्रीय टोली अहिले देश दौडाहमा छ ।
हमाल सहितको टोली लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा पुगेका छन् । विगत केहि दिन देखि विभिन्न प्रदेशको भ्रमणमा अध्यक्ष हमाल सहित नेसनल प्याब्सनका पदाधिकारीहरु छन् । मंसिरको अन्तिम साता अध्यक्ष हमाल सहितको टोलिले गण्डकी प्रदेशको भ्रमण गरि सकेको छ । त्यस लगत्तै हमाल सहितको टोली लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तिर गएको छ ।

देश दौडाहमा किन जानुभएको हो ? भन्ने हाम्रो प्रश्नमा अध्यक्ष हमालले देशरभरको विभिन्न प्रदेश र जिल्ला स्तरीय समितिहरुसँग साँगठनिक परामर्श र नीतिगत छलफलका लागि नेसनल प्याब्सनको केन्द्रीय टोली देश दौडाहमा गएको बताए । ‘हामी विभिन्न प्रदेशको प्रदेश र जिल्ला समितिसँग संगठानिक परामर्श र नीतिगत छ्लफल गर्न देश दौडाहमा निस्केका छौँ,’ अध्यक्ष हमालले भने, ‘सरकारले संस्थागत विद्यालयका विभिन्न समस्याहरुलाई सहज रुपमा सामाधान गर्न पहल गर्नुपर्छ, हाम्रा थुप्रै समस्याहरु छन्, ती समस्याहरुको सामाधान सरकारले गर्नुपर्छ ।’
शैक्षिक क्षेत्रको समस्यालाई सरकारले टुलुटुलु हेरेर मात्रै बस्न नहुने अध्यक्ष हमालको तर्क छ । शैक्षिक क्षेत्रमा सुधार गर्न संस्थागत विद्यलयहरुले खेलेको भुमिकालाई सरकारले बुझ्नु पर्ने आवश्यकता रहेको हमालको भनाई छ ।

‘नेसनल प्याब्सनको २५ औं स्थापना रजत दिवसका लागि गरिने राष्ट्रिय कार्यक्रमको लागि समेत छलफल गर्दैछौँ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्