आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

चितवन – भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार विहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जजनएको छ ।

लुपस भन्ने रोगबाट पीडित उनको मिर्गौला कमजोर थियो । पछिल्लो समय ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए ।

उनको स्वाब १० गते काठमाडौं पठाइएको छ । तर तर कोरोना संक्रमण भए नभएको रिपोर्ट आउन बाँकी छ ।

१० गते दिउँसोबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको थियो । र, उपचारकै क्रममा उनको मृत्यु भएको छ ।

अनलाइनखबरबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्