काठमाडौँको रिसोर्टमा एक युवक मृत फेला

सांकेतिक तस्बिर

काठमाडौँ – काठमाडौंको रिसोर्टमा युवक मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने ३४ वर्षीय श्यामकृष्ण तामाङ सोही ठाउँस्थित भ्याली भ्यू रिसोटमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

उता रौतहटको माधव नारायण नगरपालिका-८ पिपरारज्वाडा बस्ने जयकिशोर प्रसाद कुश्वाहाको छोरा ९ वर्षीय आश नारायण प्रसाद कुश्वाहा सोही ठाउँस्थित बागमती नदीको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मंसिर २५ गते दिउँसो घरबाट निस्की हिँडेकोमा घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारामा उनको शव फेला परेको हो । त्यस्तै बझाङको जयपृथ्वी नगरपालिका-७ खौलास्थित सेती नदी किनारमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्