हेलम्बुमा बढ्न थाल्यो पर्यटकहरुको चहल पहल : एकै दिन १ हजार भन्दा बढी पर्यटक पाल्चोक भगवती र ग्रेट ट्रेल भ्रमणमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । २०७२ को भुकम्प, कोरोना माहामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित जिल्लाका हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो । पर्यटकहरुको चहलपहल बढेपछि व्यवसायी तथा यस क्षेत्रका बासीन्दाहरुमा खुसियाली छाएको छ । लामो समयदेखि सुनसान रहेको यस क्षेत्रमा पर्यटकहरुको विस्तारै चहलपहल बढन थालेको छ । शनिबार स्वयम्भु भजन खल उप कमिटी स्वयम्भु उना पासा मुनाका चार सय जना १२ वटा बस रिजर्भ गरि मेलम्ची हुँदै पाल्चोक भगवती, इच्छेश्वर महादेव मन्दीर, हेलम्बुमा निमार्णाधिन ग्रेट ट्रेल घुम्न पुगेका हुन । ज्ञानमाला भजन खल स्वयम्भुुको उपाध्यक्ष पुर्णकाजी सैँजु सहित काठमाडौंका स्थानिय चार सय जनाको टोलि भ्रमणमा गएका हुन् । यस उप कमिटिले काठमाडौं बासीलाई बिभिन्न तिर्थ स्थल घुमाउने गरेको उनले बताए । पाल्चोक मन्दिरमा अन्य बार भन्दा शनिबार बिशेष भिड हुने गर्दछ । शनिबारका दिन पाल्चोक, हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ । इच्छेश्वर महादेव मन्दीर हेलम्बु ईचोकका संयोजक एबम् समाजसेवी नयनबहादुर पण्डितले हेलम्बु तथा मेलम्चीको पर्यटन पर्बद्धनका निमित्त उनीहरुलाई भ्रमणको आग्रह गरिएको बताए । उनले एक धार्मिक संस्थाले अर्को संस्थाकालाई भ्रमणको लागि गरिएको आग्रह स्विकार गरेकोमा आभार प्रकट गरे । सँैजुले हेलम्बु, मेलम्ची क्षेत्रमा घुम्ने रहर भएकाहरुलाई काठमाडौंबाट नजिक रहेको यस स्थानमा घुम्न आएको बताए । पाल्चोक मन्दिर धेरैले आउने इच्छा व्यक्त गरेकाले आफुहरु घुम्न आएको बताए ।

हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अब हेलम्बुमा पर्यटन अझै फस्टाउने विश्वास व्यक्त गरे । उनले मेलम्ची खानेपानी मुहान तथा बाढी प्रभावित क्षेत्रमा अध्ययन अनुसन्धान केन्द्रको रुपमा बिकसीत गरि पर्यटक बढाउने गृहकार्य गरिरहेको बताए । पर्यटक बिस्तारै बढ्न थालेपछि मेलम्ची र आसपासका व्यवसायीमा खुशी छाएको स्थानीय व्यवसायीहरुले बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर ३ पाल्चोक स्थित प्रशिद्ध धार्मिकस्थल पाल्चोकीमाई मन्दिरमा भक्तजनको आर्कषण बढ्दै गएको छ ।
पाल्चोक मन्दिरमा सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोक,नुवाकोट,भक्तपुर,ललितपुर, काठमाडौँलगायतका जिल्लाबाट भक्तजन पूजाअर्चना र पञ्चवली लिएर आउने गरेका छन् । कोही भाकल गर्न र कोही भाकल बुझाउन मन्दिर आउने गरेको पाल्चोकीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष दमैसिङ तामाङले जानकारी दिनुभयो । एकदशी, औंशी, रामनवमी, महाशिवरात्री, साउन महिनाभर, श्रीकृष्ण जन्माअष्टमी र दशैंको घटस्थापनादेखि अष्टमीसम्म पाल्चोक भगवतीको मन्दिरमा बलि निषेध गरिएको छ ।

पाल्चोक मन्दिरमा मास्टर प्लान अनुसार काम हुने गाउँपालिकाले जनाएको छ । पार्किङ, आकर्षक मन्दिरको संरचना लगायत पर्यटकका लागि आकर्षक वातावरण सिर्जना गर्नका लागि गाउँपालिकाले नियमित काम भइरहेको जनाएको छ । अब प्रत्येक महिनामा आन्तरिक र बाह्य पर्यटकहरु कतिको संख्यामा हेलम्बु पुग्छन् भन्ने तथ्यांक संकलनको काम गाउँपालिकाले गर्ने त्यहि अनुसारको काम अगाडि बढ्ने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । चर्चित पर्यटकीय गन्तव्य ह्योल्मो भूमि हेलम्बुबाट रसुवाको प्रसिद्ध लामटाङ र गोसाइँकुण्ड क्षेत्र जोड्ने दुई पर्यटकीय पदमार्ग अन्तिम चरणमा पुगेका छन् । पर्यटन विभागको नौ करोड लागतमा हेलम्बु गाउँपालिकाको पहलकदमीमा निर्माणाधीन हेलम्बुको शिर सिमिसिदाङ हिमाल हुँदै लामटाङ जोड्ने ३० किलोमिटरमध्ये तीन किमि मात्रै बन्न बाँकी छ ।
सुन्दरीजल, कुटुम्साङ–घोप्टेघ्याङ–मेलम्चीघ्याङ, तिम्बु–मेलम्चीघ्याङ, पाल्चोक–ककनी, निगाले–ककनी, शेर्माथाङ–पाल्चोक जय बागेश्वरी भगवती पदमार्गको हालै स्तरोन्नतिको काम सकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्