CORONA

सीमामा अलपत्र परेका नेपालीलाई आउन दिन निर्देशन

काठमाडौं – अन्तर्राष्ट्रिय सीमा नाकामा यात्रु आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीहरुलाई आउन दिने भएको छ ।

तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ ।

सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो । तर भारतबाट नेपालीहरु आउने क्रम रोकिएको छैन ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेलकाअनुसार अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपालतर्फ आउने दिन निर्देशन दिइएको छ । साथै उनीहरुको सबै विवरण लिने र १४ दिन होम क्वारेन्टाइनमा बस्न भनिनेछ ।
क्वारेन्टाइनमा बसेका वेला उनीहरू सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको निगरानीमा हुनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्