पृतनाहरूलाई लकडाउनको विस्तृत कार्ययोजना बनाउन जंगी अड्डाको निर्देशन

काठमाडौँ – नेपाली सेनाको मुख्यालयले कोरोना संक्रमण (कोभिड–१९) फैलिए संभावित परिस्थितको लागि तयार रहन सबै पृतनालाई निर्देशन दिएको छ ।

सेनाले पूर्वतयारी स्वरूप उपत्यका पृतनासहित सातवटै पृतनालाई यस्तो निर्देशन दिएको हो । जंगी अड्डाले पृतनाहरूलाई तयारीसहित लकडाउनको विस्तृत कार्ययोजना बनाउनसमेत निर्देशन दिएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गर्दै संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा रहन यस्तो निर्देशन दिइएको बताए ।

चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वव्यापी बनेको छ । इटालीले बेलैमा लकडाउन नगर्दा स्थिति जटिल बनेकाले पनि नेपालले दिनदिनै जस्तो थप कडा कदम चाल्दै आएको छ । सेनाले देशभर दुई हजारभन्दा बढी आइसोलेसन कक्ष निर्माण गर्नुका साथै संक्रमितको उपचार गर्न क्वारेन्टाइन वार्डसमेत तयारी अवस्थामा राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्